चुनावका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान

501
  •  
  •  
  •  


काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि झण्डै २५ करोड रुपैयाँ बराबरको सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ ।आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि मंगलबार बोलपत्र आह्वान गरेको हो ।
आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको मध्यावधि निर्वाचनलाई लक्षित गरेर सामाग्री खरिद गर्न लागिएको आयोगले जनाएको छ ।

छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप आयोगले किन्न लागेको हो । त्यस्तै नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको छ ।


  •  
  •  
  •