काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी संकलन गर्दैछ ।
आइतबार नाम दर्ता गराएका ४५ जनाको उम्मेदवार विरुद्ध आज उजुरी दिन सकिने आयोगले जनाएको छ ।
निर्वाचनका लागि अयोग्य रहेको भए यस्ता उम्मेद्वारविरुद्ध स–प्रमाण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने छ । उजुरी दिनका लागि आयोगले अपरान्ह चार बजेसम्मको समय तय गरेको छ ।
उम्मेदवारको अन्तिम नामावली बुधबार प्रकाशन हुनेछ । शुक्रबार उम्मेदारलाई चुनाव चिन्ह दिने कार्यतालिका छ । निर्वाचन माघ ९ गते बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुनेछ ।
राष्ट्रियसभाको १८ सिटमा ४५ जनाको उम्मेदवारी परेको छ । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो ।