स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सत्ता गठबन्धन सहमत

101
  •  
  •  
  •  

काठमाडौं । वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत भएकाे छ । बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको हो ।  सहमत भएसँगै थप गृहकार्य अर्को बैठक बिहीबार बस्ने नेताहरुले बताएका छन् ।

सरकार सञ्चालनमा सहयोग गर्न काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा काँग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ,राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल  समितिमा सदस्य छन् ।


  •  
  •  
  •