निर्वाचन प्रणालीमा सुधार गर्न आयोग प्रतिवद्ध : आयुक्त थपलिया

353
  •  
  •  
  •  

काठमाडौं, २० वैशाख(ओएनएस) : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई सर्वस्वीकार्य बनाउन सञ्चार माध्यामहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन प्रणाली सुधारका लागि सञ्चार क्षेत्रसँग गम्भिर बहस गर्ने योजना रहेको बताए ।

आयुक्त थपलियाले निर्वाचन आयोगको सम्पूर्ण काम कारबाही निर्वाचनलाई सर्वस्वीकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने समेत बताए ।

थपलियाले निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोग लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
थपलियाले निर्वाचन प्रणालीको सुधारका लागि सूचना प्रविधियुक्त निर्वाचन प्रणाली व्यवस्थापनको कामलाई आयोगले उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।


  •  
  •  
  •