सर्वोच्चमा निरौलाको पन्ध्रौँ मुद्दा

154
  •  
  •  
  •  

काठमाडौं, १५ कात्तिक (ओएनएस) : पर्यटन बोर्डका कायममुकायम कार्यकारी निर्देशक सुवास निरौला शुक्रवार सर्वोच्च अदालमा मुदा दायर गरेका छन् ।

  नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले निर्देशक पद समेत नरहने गरि निलम्बित गरेपछि प्रक्रिया नर्पुयाई बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय मान्य नहुने भन्दै मुद्दा दायर गरेका हुन् ।

रिटमा निरौलाले  सरकारलाई विपक्षी बनाएका छन् । निरौलाले अदालतमा दायर गरेको यो पन्ध्रौँ मुद्दा हो।

गत कात्तिकमा  लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत निरौलालाई निलम्बन गर्न निर्देशन दिएको थियो ।

निरौलाले अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थालाई विपक्षी बनाएर १४ वटा मुद्दा सर्वोच्चमा दायर गरिसकेका छन् । ती मध्ये कतिपय मुद्दा अझै अदालतमा विचाराधीन रहेको छ ।


  •  
  •  
  •