सरकारलाई विपक्षी नौ दलको कडा चेतावनी

268
  •  
  •  
  •  

काठमाडौँ, ११ पुस ।
एमालेसहितका विपक्षी नौ दलले सरकार निषेधको राजनीतिमा उत्रिएको आरोप लगाएका छन् । संविधान संशोधन प्रस्ताव फिर्ता नगरे र निषेध गर्न खोजे अप्रिय अवस्था आउने चेतावनी उनीहरूले दिएका छन् । एमाले संसदीय दलको कार्यालयमा आइतबार पत्रकार सम्मेलन गर्दै नौ दलले साझा धारणा सार्वजनिक गरेका छन् ।

नौ दलका तर्फबाट एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै शान्तिपूर्ण आन्दोलनलाई वितण्डाको संज्ञा दिएर उत्तेजित बनाउन खोजेको आरोप लगाए । नौ दलले संसद्मा चलिरहेको संयुक्त संघर्ष देशभर सडक आन्दोलनमा विस्तारित भएको घोषणा गरेका छन् । नौ दलमा एमालेसहित नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, दलित जनजाति पार्टी र मधेस समता पार्टीका नेताहरू सहभागी थिए ।

विपक्षी नौ दलले ७ माघ ०७४ भित्र तीनवटै निर्वाचन सम्पन्न गर्ने कार्ययोजना घोषणा गर्न माग गरेको छन् । स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा गरी अगाडि बढ्न र संविधान कार्यान्वयन गर्न पनि उनीहरूले माग गरेका छन् ।
नयाँ पत्रिकाबाट


  •  
  •  
  •