भारतीय राजदुतको विरोध गर्ने माओवादी कार्यकर्ता पक्राउ

1007
  •  
  •  
  •  

चितवन, १३ भदौ (ओएनएस) : चितवन पुगेका नेपालका लागि भारतीय राजदुत रञ्जित रायको विरोध गर्ने नेकपा–माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । रायको विरोधमा नेकपा–माओवादीले चितवन बन्द गराएको छ ।

माडी क्याम्पस परिसरमा भारतीय सहयोगमा निर्मित भवनको उद्घाटन गर्न राजदुत राय चितवन पुगेका छन् । प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाका अनुसार रत्ननगर क्षेत्रबाट सात र नारायणगढबाट दुई जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको माडीसहित विभिन्न ठाउँमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

भारतको सहयोगमा बनेको सो भवनको उद्घाटन नेपलाीबाटै हुनुपर्ने माओवादीको माग छ । भवन उद्घाटन आज गरिने कार्यक्रम तय भएपछि बन्द आह्वान गरिएको हो । भवन उद्घाटन गर्न राजदूत राय बिहीबारै चितवन पुगेका छन् । ७ वर्षअघि करिब दुई करोड रुपैयाँको लागतमा निर्माण गरिएको सो भवन माओवादी विरोधका कारण उद्घाटन हुन सकेको थिएन ।


  •  
  •  
  •