क्यान्सर भगाउन यी ९ खानेकुरा खानुस्

465
  •  
  •  
  •  

cancer resisting foodsविश्वभर क्यान्सर रोगीको संख्या बढिरहेको छ । तर, साग सब्जी, फलफूलबाट बनेका सन्तुलित आहार, आवश्यक भिटामिन र मिनरलले क्यान्सरसँग लड्ने क्षमतामा बृद्धी गर्न सक्छ ।

केही यस्ता खानाहरू छन् जसले क्यान्सरको सम्भावनाबाट बचाउन सकिन्छ…

  • लसुन र प्याजः लसुन र प्याजमा हुने सल्फर कपाउण्ड स्तन, फोक्सो र प्रोस्टेट क्यान्सरको कोषिका नष्ट गर्ने गर्छ । लसुनले ब्लड प्रेसर पनि नियन्त्रित गर्छ । यसले शरिरमा इन्सुलिन उत्पादनलाई कम गरेर शरीरमा ट्युमर हुनबाट रोक्छ ।
  • सागः काउली र ब्रोकाउलीमा क्यान्सर रोक्ने अणुहरू हुन्छन् । यी दुवै डिटोक्सीफिकेशन इन्जाइमलाई बढाउँछ, जसले क्यान्सरको कोषिकाहरू नष्ट गर्छ र ट्युमरलाई बढ्नबाट रोक्न मद्धत गर्छ । यस्तै, फोक्सो, प्रोस्टेट, मूत्रासय र पेटमा हुने क्यान्सरको जोखिमलाई कम गर्छ ।
  • अदुवाः ताजा अदुवामा क्यान्सरको कोषिकाहरूसँग लड्ने केही गुण हुन्छन् र ट्युमरको कोषिकाहरूलाई रोक्न मद्धत गर्छ । अदुवाको अर्क किमोथेरापी या रेडियोथेरापीसँग हुने तनावलाई पनि कम गर्न मद्धत गर्छ ।
  • बेसारः बेसार क्यान्सर रोक्न सक्ने शक्तिशाली प्राकृतिक खाद्य पदार्थ हो । यो क्यान्सर कोषिकालाई नष्ट गरेर ट्युमरला बढ्न मद्धत गर्छ साथै कीमोथेरापीको असर बढाउँछ । कालो मरिचको साथ तेलमा मिसाएर बेसार अझ असरदार हुन्छ ।
  • मेवा, सुन्तलाः यी फलमा कलेजोमा पाइने कार्सिनोजनलाई सहजै समाप्त प्राप्त गर्ने भिटामिन र अन्य तत्वहरू हुन्छन् ।
  • जागर, आँपः अल्फा र बीटा नामक केरोटिन्सलाई क्यान्सरलाई नष्ट गर्ने प्रमुख कारकको रूपमा लिने गरिन्छ । यी फलले गर्भासय, मूत्राशय, पेट र स्तन क्यान्सरसहित अन्य प्रकारका क्यान्सरको रोकथाममा फाइदाजनक हुन्छ ।
  • अंगुरः अंगुर एन्थोसायनिन र पुलीफेनल्सको मद्धतले शरीरमा क्यान्सरको कणको उत्पादन कम गर्न मद्धत गर्छ ।
  • गोलभेँडा र तर्बुजाः यो लाइकोपिनको राम्रो स्रोत हो, जसले एक बलियो एन्टीअक्सिडेन्ट मानिन्छ । यो सेलुलर क्षतिसँग सुरक्षा प्रदान गर्छ । एक हप्तामा खानाको दशमध्ये एक भाग गोलभेँडाको प्रयोग गर्नाले प्रोस्टेट क्यान्सरको खतरा १८ प्रतिशतले कम गर्छ ।
  • दालः दाल प्रोटिनको एक मुख्य खाद्य पदार्थ हुनुको साथै फाइबर र फोलेट प्रदान गर्छ, जसले प्यानक्रियाजको क्यान्सरको खतरालाई कम गर्छ र स्वास्थ्यमा सुधार ल्याउँछ ।

  •  
  •  
  •