दिउँसै सडकमा सुतेपछि……. (फोटोफिचर)

469
  •  
  •  
  •  

काठमाडौं, ८ पुस  (ओएनएस) :  तोकिएको समयमा संविधान जारी गर्न दबाब दिन भन्दै बिभिन्न विद्यार्थी संगठनले सोमबार दिउँसो संविधानसभा हल नयाँबानेश्वर नजिकको सडकमा निद्रा जुलुस गरेका छन् । संविधान जारी गर्ने अन्तिम मिति माघ ८ आउँन ठीक एक महिना बाँकी रहदा बिभिन्न ११ विद्यार्थी संगठनले सभासद र दलहरु जिम्मेवार हुन नसकेले सांकेतिक जुलुस प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा सभासदको १ देखि ६०१ सम्मको नम्बर सहितको लोगो लगाएका बिद्यार्थीहरु सडकमा सुतेर सांकेतिक बिरोध प्रदर्शन गरिएको थियो । विद्यार्थीहरुले ‘ढिला भयो ब्युँझ सभासद’ भन्दै झ्याली समेत पिटेका थिए । जुलुसमा नेविसंघ, अनेरास्ववियु, अखिल पाँचौ, अखिल छैठौलगायत विभिन्न मधेसबादी संगठनको उपस्थिति थियो । प्रस्तुत उक्त प्रदर्शनको केहि झलकहरु:-

all student (1) all student (2) all student (3) all student (4) all student (5) all student (6) all student (7) all student (8) all student (9) all student (10) all student (11) all student (12) all student (13) all student


  •  
  •  
  •