न्याम्सको उपकुलपतिमा प्रा.डा साह

472
  •  
  •  
  •  

काठमाडौं, २ चैत्र(ओएनएस) : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले उपकुलपतिमा प्रा.डा डीएन साह लगायत अन्य पदाधिकारीको नियुक्तिसँगै पूर्णता पाएको छ ।

शुक्रबार साँझ प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा डा. साहलाई नियुक्ति गरेको छन् ।

उपकुलपति डा.साहले अन्य पदाधिकारीको नाम शुक्रबार नै प्रतिष्ठान सह–कुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव समक्षय सिफारिस गरेका थिए । प्रतिष्ठानको रेक्टरमा हाल निमित्त उपकुलपति रहेका प्रा.डा.सुवोध अधिकारी, रजिष्टारमा प्रा.डा.प्रमिला देवान र डीनमा प्रा.डा. पिउस दाहाल नियुक्त भएका छन् ।

त्यसैगरी, गत असोजदेखि रिक्त रहेको वीर अस्पतालमा निर्देशकमा डा. केदार सेन्चुरीले नियुक्ति पाएका छन् भन्ने राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा.प्रमोद यादव नियुक्त भएका हुन् ।

त्यस्तै, प्रतिष्ठानका सह–कुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले उपकुलपति प्रा.डा.साह लगायत अन्य पदाधिकारीलाई शुक्रबार नै सपथ ग्रहण गराएका छन् ।

गत साउन २३ गते न्याम्सका उपकुलपति प्रा.डा.गणेश गुरुङको चार वर्षे कार्यकाल सकिएसँगै करिब ७ महिनादेखि राजनीतिक भागबन्डा नमिल्दा उपकुलपति लगायत अन्य पदाधिकारीको नियुक्ति हुन सकेको थिएन ।


  •  
  •  
  •