‘निलोफर’ आँधी आउने अनुमान

182
  •  
  •  
  •  

काठमाडौं, १० कात्तिक (ओएनएस)  : केही समय अघि आएको हुदहुद जस्तै खतरायुक्त निलोफर’ आँधी आउन लागेको अनुमान गरिएको छ । हुदहुद नामको सामुद्रिक आँधीको प्रभाव सकिएको एक हप्ता नबित्दै अरबियन सागरमा आउने आँधीले पहिलेको जस्तै रूप लिने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
नयाँ आँधीको निलोफर’ नाम पाकिस्तानले गरेको हो । हुदहुदको नाम ओमनले राखेको थियो । समुद्रको पिँधमा भू–कम्पका कारण आँधी उत्पन्न भएपछि जापानले केही वर्ष पहिले ‘सुनामी’ को नाम दिएको थियो ।

सामुद्रिक किनारमा रहेका विभिन्न मुलुकले आँधीको नाम पालैपालो राख्ने प्रचलन छ । अरबियन सागरमा हुदहुद जस्तै नयाँ आँधी सिर्जना हुँदैछ । भारतको मध्य प्रदेशभन्दा तल्लो भागबाट नेपालको पूर्वी भागमा यसको असर देखिएको छ मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसका कारण नेपालमा मौसम बदली भई काठमाडौँलगायत देशका विभिन्न भागमा पानी पर्ने बताइएको छ ।
सामुिन्द्रक आँधीको प्रभावले मौसम बदली भई केही दिन पानी पर्ने र नेपालमा कात्तिक १३ र १४ गते आँधीको बढी प्रभाव पर्ने अनुमान गरिएको छ ।  उक्त समयमा उच्च हिमाली भेगमा हिमपात हुनुका साथै जाडो पनि बढ्ने बताइएको छ । आँधीले भारतको पश्चिमी क्षेत्रका गुजरात र राजस्थानमा बढि प्रभाव पार्नेछ, भने नेपालका मध्यपूर्वी र पश्चिमी भेगमा निकै प्रभाव पार्ने अनुमान गरिएको छ ।


  •  
  •  
  •