लोकतन्त्रमा अद्यावधिक निर्वाचन आवश्यक : प्रमुख निर्वाचन आयुक्त उप्रेती

271
  •  
  •  
  •  

nilakantha upretiभैरहवा, २१ माघ(ओएनएस) : प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले लोकतन्त्रलाई सुदृढ गर्न अद्यावधिक निर्वाचन आवश्यक भएको बताएका छन् । उनले निर्वाचन नहुँदा लोकतन्त्र धर्मराउने उल्लेख गर्दै निर्वाचनले मात्र लोकतन्त्रको सुधार हुने बताए ।

निर्वाचन आयोगले निर्वाचन आचार संहिता तर्जुमा सम्बन्धमा आज भैरहवामा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त उप्रेतीले नेपालमा लोकतन्त्र सधै उम्रने प्रकृतिको भएको तर यसको सुदृढीकरण भने हुन नसकेको भन्दै लोकतन्त्र दिगो बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । आयुत्त उप्रेतीले मतदाताले निर्धक्कसँग आफ्नो मत राख्न नपाउँदासम्म लोकतन्त्रको व्यवहारिक प्रयोगले सार्थकता नपाउने बताउदै निर्वाचनलाई जनअपेक्षा अनुसार निश्पक्ष बनाउन आचारसंहिताको कार्यान्वयन जरूरी भएकोमा जोड दिएका छन् ।

उनले निर्वाचनका विविध पक्षमा सुधारको आवश्यकता रहेको भन्दै नेपालमा राजनीतिक दलहरुले आचारसंहितालाई विभिन्न बाहानामा मिच्ने गरेको भन्दै त्यसो नर्गन आग्रह गरेका छन् । उनले मतादाता नामावलीलाई अद्यावधिक गर्न लागेको जानकारी गराउँदै फागुन १ गतेबाट गाँउ गाँउमा जाने बताएका छन् । उनले आगामी ५ वर्षमा ३ वटा निर्वाचन सम्पन्न गर्नु पर्ने अवस्था रहेको बताउँदै समानुपातिक निर्वाचनमा जोड दिए ।

जिल्ला न्यायाधिस खड्क बहादुर केसीले आचारसंहितालाई कसरी व्यवहारिक बनाउन सकिनछ र आचार संहिता उल्लघंन गर्नेलाई गर्ने कार्वाही स्पष्ट हुनु पर्ने बताए । निमित्त प्रमुख जिल्ला अधिकारी कौशलराज शर्माले निर्वाचनलाई व्यवस्थित गर्न आचार संहिताको पालना जरुरी भएको बताए । आयोगका उपसचिव तथा श्रोत व्यक्ति सूर्य प्रसाद अर्यालले आयोगले विभिन्न समयमा सुधारका विभिन्न कार्यक्रम गर्दै गईरहेको र त्यसैको सिलसिलामा यो कार्यक्रम गरिएको बताउदै निर्वाचनलाई राम्रो बनाउन आचार संहिको कर्यान्वयन जरूरी भएको बताए ।


  •  
  •  
  •