थप २६४ जना कोरोना संक्रमित उपचारपछि निकाे

184
  •  
  •  
  •  

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २६४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ८११ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
नेपालमा सोमबार मात्रै थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।


  •  
  •  
  •