कलाकारितामा मैले जे जति गरे त्यो आध्यात्मप्रतिको लगाव होः निखिल उप्रेती

62
  •  
  •  
  •  

शारीरिक स्वास्थ्य मानसिक स्वास्थ्यको लागि नै योग, ध्यान अपरिहार्य छ । योग ध्यानद्वारा नै हामिले दिनभरिको तनाव र काममा भएका उतार चढापलाई सन्तुलन गर्ने योगध्यानबाट नै हो । जसरी हामी ब्रस गर्छौ, ट्याइलेट जान्छौ, फ्रेस हुन्छौं । यो जति महत्व छ, त्यतिनै महत्व योग र ध्यानको छ । चाहे जुन सुकै धर्म, जुनसुकै परम्परामा रहेपनि योग र ध्यान भन्ने कुनै धर्मको चिज होइन् । यो मानव जातिकै लागि हो । हामीले योग गर्दा एउटा धर्ममा विश्वास गर्नेलाई फाइदा हुने, अर्को धर्ममा विश्वास गर्नेलाई घाटा हुने भन्ने होइन् ।

यो एउटा शरिरलाई सन्तुलन गर्ने तरिका हो । शारीरिक सन्तुलक योगले गरिन्छ भने ध्यानले मानसिक सन्तुलनलाई पनि त्यतिकै व्यालेन्स गर्दै लैजान्छ । जब कि दुई वटा चिजको ब्यालेन्स हुँदैन भने हाम्रो जीवनमा सानो कुरामा पनि झगडा हुने, रिस उठ्ने, अर्को व्यक्तिलाई सानो देख्ने, होच्याउन मन लाग्ने हुन्छ । यो पनि हामी भित्रको असन्तुलनको कारण हो । त्यसले म योग र ध्यानलाई जसरी खानपिन र आराम, निन्द्रा जति महत्व छ । त्यतिनै महत्व योग र ध्यानलाई लिने गर्छु । यो मेरो व्यक्तिगत अनुभव पनि हो ।

आध्यात्म आफैँले आफुलाई चिन्न कोसिस गर्नु हो । हामीभित्र कति बदमासी छ । हामीभित्र कति घमण्ड छ, हामीभित्र साथिहरुलाई होच्याउने भावना छ । अर्कोलाई देख्ने वित्तिकै इस्या भित्रबाटै उठ्छ । आफँैले आफैँलाई हेरेर त्यसलाई आँैल्याउन थाल्नु नै आध्यात्मा हो । हामी आध्यात्म भन्ने वित्तिकै कुनै एउटा धर्म पक्रिन्छन् । कुनै एउटा भगवान पक्रिन्छन् भन्ने हुन्छ । तर त्यस्तो केहि होइन् । स्वयमलाई हेर्न थाल्नुस् । स्वयम्कै कमिकमजोरी हेरेर औँल्याउन थाल्नु नै आध्यात्मा हो । जब स्वयम्लाई नै हेर्नु र स्वयम्को कमिकमजोरीलाई औँल्याउन थालियो भने सबै क्षेत्रमा काम गर्ने व्यक्तिलाई त्यतिनै सर्पोट गर्दै जान्छ ।

कलाकारितामा मैले जे जति गरे त्यो मेरो आध्यात्मप्रतिको लगाव हो । भोलीको दिनमा म जे जति गर्दै जान्छु । त्यो पनि आध्यात्म लगावका कारण हुँदै जाने हो । सँधै म कोसिस यहि नै गरिरहन्छु कि आफ्नो कमिकमजोरीलाई स्पष्ट पार्दै जाऊ । ममा पनि धेरै छ कमिकमजोरी मैले भन्ने साथै सुध्रिने पनि होइन् । सबै हटिहाल्ने पनि होइन् । आध्यात्ममा लागे अब म ठिक्क क्लिन भए । त्यसरी भन्नु पनि बेकुफी हुन्छ ।

हामीले जिवनमा यति धेरै गल्ति र कमजोरी स्टोर गरेका छौं । त्यसलाई स्टोर क्लिरिङका लागि पनि हामीलाई समय लाग्छ ।म अरुलाई पनि भन्छु स्वयमलाई हेरौँ । स्वयम्लाई पढौँ । स्वयम्मा उठेको विचारलाई औँल्याउन थालौँ । अनि मात्र अरुलाई औँला उठाउन थालाँै ।

फरक अवश्य हुन्छ । मलाई मात्र होइन् कि मैले गरेको कलाकारिता क्षेत्रमा मात्र होइन कि, सबै व्यक्तिमा यसले ठूलो फरक पार्दछ । कुनै पनि बिमारीको सबैभन्दा ठूलो दबाई भनेको सकारात्मक सोच हो । सकारात्मक सोच राख्नु भएको हाम्रो इम्युनिटी पावरलाई बढाउनु हो । हाम्रो इम्युनिटी पावरलाई कम छ भने नै हामी नकारात्मक सोचतिर लाग्ने हो । हामीमा इम्युनिटी पावर छ भने पनि हाम्रो डरका कारण इम्युनिटी पावर कम हुँदै जान्छ ।

त्यसैले यतिखेरको समयमा हामी जतिसक्दो सकारात्मक रहाैँ । यदि कारोना लागेको छ भने पनि हामी यति सकारात्मक होऔँ कि । सकारात्मक हुने वित्तिकै हामी भित्रको क्षमता पावरफुल हुँदै जान्छ । तर हाम्रो समय यस्तो खालको भइसक्यो कि हामीहरुले हाम्रो विचारलाई सन्तुलन गर्न नसकेको कारण कोरोना लागेको व्यक्तिलाई एकदम नफरत गर्न थाल्ने, हो डेफिनेट्ली सोसल डिस्ट्यान्स चाहिन्छ । ति व्यक्तिलाई पनि हामीले सकारात्मक कुरा दिनुपर्छ र स्वयम्ले पनि सकारात्क राख्नुपर्छ ।

सकारात्मक सोचले नै कोरोनासँग लड्न सकिन्छ । अहिले कोरोनाको औषधी बनेको छैन् । त्यसको सहि किसिमको औषधीहरु छैन् भने हामीसँग एउटै उपाए छ । त्यो हो सकारात्क सोचाइ । सराकात्मक सोच नै हाम्रो इम्युनिटी पावर भएको कारणले नकारात्मक, अब म मर्छु । अब मलाई यस्तो हन्छ होला ? वास्तवमा जस्तो हुन्छ होला भनेर डराउँछौं । हामीलाई त्यहि डरले नै लखेट्छ ।

हामीले व्यवहारमा हेर्दा पनि देख्छौं । यदि हामीले कोहि व्यक्तिसँग डराएको अनुभव गर्यौँ भने त्यसले हामीलाई हेप्दै जान्छ । यो हरेक चिजमा लागू हुन्छ । कोरोना लाग्नुमात्र होइन् कति चिजहरु आउँछ । योसँग लड्ने सकारात्क हतियार भनेको हाम्रो सकारात्मक सोच हो । त्यसलाई हामीले अवलम्बन गर्यौँ भने कोरोनासँग पनि हामी सजिलै परास्त हुनसक्छौं । कोरोनाको दबाई नभएको अवस्थामा हामीले योगध्यान सकारात्मक सोचका कारण पनि रोगसँग लड्न सक्छौं । यतिखेर विश्वमा नै नकारात्मक सोचको हाबी भएको अवस्थामा पनि हामीले सोच्नु पर्छ कि म कुन सोचमा ज्यादा छु ।

महामारिको यो बेलामा भौतिक दुरीको त कुरा छदैछ । स्यानीटाइजरको कुरा छदैछ । भाइरस मान्छेलाई चिनेर गरा दशा हेरेर लाग्ने होइन् । हामी बहाना निकाल्छौं । म यस्तो हो, मलाई अहिलेसम्म लागेको छैन् ।

कहिले पनि यस्तो हुँदैन भन्ने अहंकारमा हामी सधैँ जेलिएर बसेका हुन्छौं । त्यसैले महामारिको यो अवस्थामा हामीले सोसल डिस्ट्यान्स, सफा सुग्घर हुने र हामी आध्यात्मिक बन्नुपर्छ । कोरोनाले हामीलाई यो कुरा सिकायो । कोरोनाको भ्याक्सिन निस्किने बेलामा पनि हामीले यो कुरा छोड्ने होइन ।

(फाउण्डेसन हिरोन्डेल्लको सहयोगमा आउटलाइन मिडियाले उत्पादन गरेको रेडियो कार्यक्रम ‘कोरोनाका कुरा’ मा नायक निखिल उप्रेतीसँग गरिएको कुराकानीको सम्पादीत अंश)


  •  
  •  
  •