निष्कृय रहेका निजी उद्योगमाथि आपूर्ति मन्त्रीले चाले यस्तो कदम, नीजी उद्योगमा खैलाबैला

264
  •  
  •  
  •  

काठमाडाैँ, १५ बैशाख (अाेएनएस) : उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले निजीकरण भएर नचलाइएका उद्योग विरुद्ध ठोस कदम चाल्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्ने बताए। ‘जतिपनि उद्योगधन्दा निजी क्षेत्रलाई दिइएको छ, तिनीहरुको रिपोट तयार गर्दैछौं।’मन्त्री यादवले भने, ‘यस अघिका सरकारले निजीकरण गरेका तर नचलाइएका उद्योग लार्इ राष्ट्रियकरण गरिनेछ।’

उनले थपे, “जतिले चलाएको छ उनीहरुलाई सहयोग गर्छौ जसले चलाएको छैन तिनीहरुको बारेमा ठोस् निर्णय गरेर राष्ट्रियकरण गर्छौ ।”
सरकारले निजीकरण गरेका कतिपय उद्योग चलाउन भन्दा पनि व्यापार भइरहेको भन्दै उनले भने, “साइनबोड झुड्याउने, त्यसको नाममा व्यापार गर्ने काम भइरहेको छ”

विगतमा राष्ट्रिय उद्योग धन्दा बेचेर खाने प्रचलन बढेको भन्दै उनले भने, “त्यसलाई विकास गर्ने, चलाउने भन्दा पनि बेचेर खाने गरियो, नेतालाई पनि कमिसन आउँछ मिहेनत नै गर्नुपर्दैन, बेचेपछि कमिसन आइहाल्छ ।” खुल्ला बजार र निजीकरण, उदारीकरणको गलत प्रयोग भएको भन्दै उनले धरातलमा टेकेर प्रयोग नभएको विचार व्यक्त गरे ।

सरकारकाे यस्ताे निर्णय अाउने डरले निजी उद्याेगमा खैलाबैला मच्चिएकाे छ।निजी उद्याेगका सञ्चालकहरुलार्इ सरकारकाे यस्ताे निर्णयकाे सामना गर्न हम्मे हम्मे पर्ने देखिएकाे छ।

उनले सरकारी धन देखेपछि जस्ले पनि लुट्न खोज्ने भन्दै अलिकति खाइहालौं भन्ने मानसिकता हामी सबैमा भएकाले उद्योग फस्टाउन नसकेको जिकिर गरे ।

सरकारले केही नयाँ उद्योग शुरु गर्ने भन्दै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुनसक्ने उनले बताए ।


  •  
  •  
  •