ठमाडौं २२ भदौ (ओएनएस) :
निजामति सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसका अवसरमा सरकारले आज देशैभर विभिन्न कार्यक्रम गर्ने जनाएको छ । हरेक बर्ष भदौ २२ गते मनाइने दिवसको अवसरमा सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ । आज काठमाण्डूको रत्नपार्कमा रहेको शान्त्ति बाटिकाबाट कार्यक्रमको आयोजना गरी ¥याली निकाल्दैछ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन आएको सम्झनामा २०६२ सालदेखि यो दिवस मनाउन थालिएको हो । सरकारले दिवसको अवसरमा आज निजामति सेवा पुरस्कार र सम्मान वितरण गर्दैछ । सरकारले पुरस्कृत गर्नका लागि यस वर्ष ुसर्वोत्कृष्टु निजामती कमर्चारी फेला पार्न सकेन। २०५६ सालमा स्थापित उक्त पुरस्कारबाट यसअघि दुईजना कर्मचारीमात्र पुरस्कृत भएका छन्। उक्त पुरस्कारको राशि दुई लाख रुपैयाँ छ।
उत्क्ृष्ट काम गरेबापत दिइने उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र निजामती सेवा पुरस्कार भने आइतबार बिहान घोषणा गरिने भएको छ। पुरस्कारको घोषणा हरेक वर्ष निजामती सेवा दिवसका अवसरमा भदौ २२ गते गर्ने गरिन्छ।
जनही एक लाख रुपैयाँको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिने सामान्य प्रशासन मन्त्रालय स्रोतले बतायो।