दिल्लीमा गुडिरहेको कारमा नाइजेरियाली महिलाको सामूहिक बलात्कार

125
  •  
  •  
  •  

rape-case_thumbकाठमाडौ, ९ फागुन(एजेन्सी) : दिल्लीमा एक गुडिरहेको कारमा ३५ वर्षीय नाइजेरियाली महिलामाथी सामूहिक बलात्कार भएको छ । दिल्लीको मयूर बिहार क्षेत्रमा डीएनडी टोल प्लाजामा शुक्रबार करिब तीन बजे महिलालाई बेहोशीको अवस्थामा भेटिएको थियो ।

यसपछि टोल प्लाजाका कर्मचारीले प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले महिलालाई मेडिकल जाँचका लागि एलवीएस अस्पतालमा भर्ती गरेको थियो । डिएनडीमा रहेको सीसीटिभी क्यामराबाट पाइएको फुटेजको जाँच गरेपछि प्रहरीले चार जना मानिसले महिलालाई त्यहाँ छाडेको देखेका थिए । यी मानिसहरुको उमेर २२ वर्षदेखी २५ वर्षबीचको रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार महिलालाई दक्षिण दिल्लीमा एक मलको बाहिर यी चार जनाले कारमा बसाएका थिए ।

डिएनडी पुग्नुभण्दा पहिले यि चार जनाले महिलालाई कारमा करिब आधा घण्टा घुमाएका थिए । प्रहरीले यी चारलाई पक्राउ गरी कार समेत बरामद गरेको छ । नाइजेरियाली महिला भारतमा टुरिष्ट भिसामा घुम्न आएको बताइएको छ ।


  •  
  •  
  •