काठमाडौं, २५ कात्तिक (एजेन्सी) : उत्तरपूर्वी नाजेरियाको एउटा सरकारी स्कुलमा आत्मघाती बम आक्रमणमा कम्तीमा ७८ विद्यार्थीको ज्यान गएको छ ।
बोको हरामले गरेको भनिएको आक्रमणमा ४५ जनाभन्दा बढी गम्भिर घाइते भएका छन् । यसअघि अघिल्लो साता पनि ३० जनाले आत्मघाती हमलामा ज्यान गुमाएका थिए ।
योबे प्रान्तको पोटिस्कम सहरस्थित कम्पिहेन्सिभ सिनियर साइन्स स्कुलमा सोमबार बिहानको प्रार्थनाको समयमा बम विष्फोट भएको थियो ।
साप्ताहिक प्रार्थना भैरहेको उक्त मैदानमा करिब २ हजार विद्यार्थी थिए । विज्ञान तथा प्रविधि स्कुलमा छात्राहरु मात्र पढ्छन् । मृत्यु हुनेहरु १३ बर्ष माथि माथिका छन् । स्कुलमा बिहानको प्रार्थना भइरहेको समयमा सोहि स्कुलको पोशाकमा भएका विद्यार्थीले आत्माघाती विष्फोट गराएको थियो ।
आक्रमणमा घाइतेमध्ये अधिकांश अंगभंग भएका छन् । पाँच बर्षदेखि पश्चिमी शिक्षाको बिरोध गर्दै इस्लामी राज्य स्थापना गर्ने उद्देश्यसाथ आतंकतमा उत्रिएको बोको हरामले विद्यार्थीहरुलाई निशाना बनाउँदै आइरेहेको छ ।