नाइजेरियामा ‘गोलभेँडा आपतकाल’को घोषणा

266
  •  
  •  
  •  

Tomatoesकाठमाडौँ, १३ जेठ(ओएनएस) : नाइजेरियाको कडुनामा ‘गोलभेँडाको आपतकाल’को घोषणा गरिएको छ ।

स्थानीय समाचारका अनुसार कृषि आयुक्त डेनियल मेजो मेगारले टोम्याटो लिफ माइनर अथवा ट्रटा इबसोलुटा नामको किराले गोलभेँडाको ८० प्रतिशत बाली नष्ट गरेको छ । उनका अनुसार गत महिनामा २ सय किसानलाई करिब ८० लाख बराबरको नोक्सान भएको छ ।

देशमा गोलभेँडाको एक बास्केटको मुल्य तीन महिनामा १.२० डलरबाट बढेर ४० डलर पुगेको छ । नाइजेरियामा आपतकालको घोषणाको अर्थ उक्त क्षेत्रमा निकै तिव्रताका साथ कदम उठाइएको छ । नाइजेरियाको एक टोलीलाई केन्या पठाइएको छ । यस टोलीले किरासँग लड्ने तरिकाबारे जानकारी लिनेछ ।

संयुक्त राष्ट्र संघका अनुसार कडुना देशको उत्तरी भागमा र देशमा सबैभन्दा धेरै गोलभेँडा उत्पादन हुन्छ ।

गोलभेँडा नाइजेरियाली जनताका लागि खानाको प्रमुख खाद्य वस्तु हो । यसको मूल्यका कारण गोलभेँडा शब्द निकै ट्रेण्ड गरिएको छ ।


  •  
  •  
  •