सुख्खा पहिरो घटनाका घाइतेकाे उद्धारमा खटिन गृहमन्त्री निधिको निर्देशन

163
  •  
  •  
  •  

काठमाडाैं, २१ चैत (ओएनएस) : गृहमन्त्री बिमलेन्द्र निधिले मुग्लिन–नारायणगढ सडक खण्डको घुमाउनेमा गएको सुुख्खा पहिरो घटनाको उद्धारमा खटिन निर्देशन दिएका छन् ।

घटनाको जानकारी पाए लगत्तै उपप्रधान एवं गृहमन्त्री निधिले सबै सुरक्षा निकाय परिचालन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन् ।
घटनालगत्तै उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगिसकेको छ ।

घाइतेको उद्धारका लागि गृहमन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर तयारी अबस्थामा राखेको छ । बाटोमा जम्मा भएको ढुंगा पन्छाउनका लागि तनहुँबाट जेसीवी लोडर पठाइसकिएको छ ।


  •  
  •  
  •