मलेसियाबाट एनआईसी एसिया बैंकमा इनवार्ड रेमिट्यान्स

281
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस) : एनआईसी एसिया बैंक लिमिटेडले म्याक्स मनीसँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिट्यान्स सुरुवात गर्ने भएको छ ।

बैंकले यस सम्बन्धमा म्याक्स मनी मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिट्यान्स सुरु गर्ने जनाएको छ ।

उक्त सम्झौताअनुसार म्याक्स मनीको मलेसियामा अवस्थित २१ वटा शाखाबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिले भुक्तानी पाउने गरी एनआईसीले रेमिटमार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखा र ४ हजार ६ सय भन्दा बढी सहायक प्रतिनिधिमार्फत सरल र सुलभ रूपमा भुक्तानी पाउन सकिने पनि विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •