एन आई सी र महालक्ष्मी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

528
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : एन आई सी एशिया बैंक लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एन आई सी एशियाले महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग बैंकासुरेन्स गरेको जानकारी गराएको हो ।

सम्झौताअनुसार अब यस बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ८१ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपान र इन्स्योरेन्स कम्पनिको तर्फबाट कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।

एन आई सी एशियाले मुलुकभर रहेका २ सय ८१ शाखाकार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवाप्रदान गर्दै आएको प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीले जानकारी दिएका छन् ।

मुलुकभरीका करिब १४ लाख ५० हजार ग्राहक बैंकका प्रमुख वित्तीय परिसुचकहरुप्रति उत्साहित राठीले बताएका छन् ।


  •  
  •  
  •