एनआईसी एसियाको विशेष छुट योजना

295
  •  
  •  
  •  

काठमाडौं, २२ फागुन(ओएनएस) : एनआईसी एसिया क्यापिटलले ग्राहकहरुका लागि सेवा शुल्कहरुमा विशेष छुट योजना ल्याएको छ ।


आफ्नो दोस्रो वार्षिक उत्सवका अवसरमा बैकले नयाँ ग्राहकलाई डिम्याट खातामा फागुन २२ गतेदेखि चैत ६ गतेसम्मका लागि पूर्ण रुपमा निःशुल्क गरिएको छ ।
यस्तै एक महिनाका लागि फागुन २२ गतेबाट चैत्र २२ सम्म लगानी व्यवस्थापन सेवाको सम्पूर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै गुणस्तरीय सेवामार्फत लगानीकर्ताहरुलाई पूँजी बजारमा सवल तथा सुसुचित भई लगानी गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।
डिम्याट खातासँगै एनआईसी एसिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा बिक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्र दर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।


  •  
  •  
  •