एनआईसी एसिया बैंककाे कामु प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने

309
  •  
  •  
  •  

काठमाडौं, ६ चैत (अाेएनएस): एनआईसी एसिया बैंककाे कामु प्रमुख कार्यकारी अधिकृतकाे रूपमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले आफ्नो पदबाट दिएको राजीनामा शुक्रबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको जनाएको छ ।सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधीर नाथ पाण्डेका अनुसार न्यौपानेले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको भन्दै बेकले प्रमुख आन्तरिक लेखापरीक्षकको रूपमा तत्कालीन बैंक अफ एसिया नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।

नवनियुक्त बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बैंकका ग्राहकहरूलाई उत्कृष्ट, सरल एवं सुलभ बैंकिङ सेवा प्रदान गरी सर्वांगिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंक पनि साथी पनि बन्ने बैंकको महाअभियानमा सदा प्रतिबद्ध रहन सबै ग्राहक महानुभाव, कर्मचारी तथा बैंकसँग प्रत्यक्ष एवं अप्रत्यक्ष तवरबाट जोडिनु भएका सबै वर्गमा अनुरोध गरेका छन् ।


  •  
  •  
  •