झरनामा खस्दै गरेको पानी जमेपछि…(फोटोफिचर)

213
  •  
  •  
  •  

काठमाडौ/फागुन(एजेन्सी) : अमेरिका र क्यानडाको सीमा रहेको नियग्रा झरना र उक्त झरनासँग जोडिने अर्को अमेरिकी झरना चिसोका कारण जमेको छ । त्यहाँको तापक्रम -१४ डिग्रीसम्म पुगेपछि झरनाबाट खसिरहेको पानी नै जमेको हो ।

niagara-falls-has-frozenझरनाबाट खसिरहेको पानी नै जमेपछि उक्त दृश्य हेर्नका लागि धेरै पर्यटक त्यहाँ पुगेका छन् ।

niagara-falls-has-frozen2अमेरिकाको धेरै प्रान्तहरू यी दिनहरुमा चिसो बतासका कारण चिसो बनेका छन् । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा समेत फ्लोरिडाको सबै क्षेत्रमा हिउँ जम्मा भएको छ । अमेरिकी मौसम विभागका अनुसार शुक्रबारसम्म पश्चिमी न्युयोर्कमा चिसो हावा आउने छ ।

niagara-falls-has-frozen1यस्तै, वासिङ्गटनमा ४ देखी ६ इन्चसम्म हिउँ परेको छ । चिसोका कारण त्यहाँका विद्यालय र सरकारी कार्यालयमा बिदा दिइएको छ र मानिसलाई आवश्यक परे मात्र घरबाट निस्किन सुझाव दिइएको छ ।


  •  
  •  
  •