१६ महिनापछि मानवअधिकार आयोगका कुर्सीको धुलो पुछियो

119
  •  
  •  
  •  

काठमाडौं ३ कात्तिक (ओएनएस) : राष्ट्रिय मानवअधिकार आयोगले आजदेखि औपचारीक रुपमा पदाधिकारी पाउने भएको छ । आयोगमा सिफारिस भएका पदाधिकारीले आज पद तथा गोपनियताको शपथग्रहण गरेपछि आयोगले पदाधिकारी पाउनेछ । झण्डै १६ महिनादेखि खाली रहेका कुर्सी पनि भरिने छन् । आइतबार कुर्सीको धुलो भाmर्नुका साथै पदाधिकारीकारकिा कोठाको सफाई गरिएको एक अधिकारीले बताए ।

राष्ट्रपति डा रामबरण यादवले आज दिउँसो शीतल निवासमा पद तथा गोपनियताको पद तथा सपथ गरुाउने कार्यक्रम रहेको छ । गएको असोज ३१ गते सबै नाम संसदीय समितिले अनुमोदन गरेको थियो । सपथग्रहण दिउँसो दुई बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ भएप्छि पदभार ग्रहण गरिनेछ ।

संवैधानिक परिषदबाट सिफारिस गरिएका अध्यक्ष अनुपराज शर्मा, सदस्यहरु प्रकाश वस्ती, मोहना अन्सारी, गोविन्द पौडेल र सुदीप पौडेलले आज पद तथा गोपनियताको सपथग्रहण गरेपछि कार्यवाह सम्हाल्नु हुनेछ ।


  •  
  •  
  •