मानवअधिकार आयोगको अध्यक्षमा अनुपराज शर्माको नाम प्रस्ताव

70
  •  
  •  
  •  

काठमाडौं, २ असोज (ओएनएस) संवैधानिक परिषदले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा पुर्वप्रधानन्यायाधीश अनुपराज शर्माको नाम प्रस्ताव गरेको छ । परिषदको बिहीवार बसेको बैठकले झण्डै एक वर्षदेखि रिक्त रहेको आयोगलाई पुर्णता दिन प्रस्ताव गरेको हो ।

बैठकले आयोगका सदस्यहरुमा पुर्वन्यायाधीश प्रकाश वस्ती, महिला आयोगकी पुर्व सदस्य मोहना अन्सारी अधिवक्ता गोविन्द शर्मा पौडेल र मानवअधिकारवादी सुदिप पाठकलाई नियुक्त गरेको छ ।

परिषदले लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान अयोगका रिक्त पदमा भने नाम प्रस्ताव गर्न सकेन । अख्तियारमा तीन र लोकसेवा आयोगमा एक सदस्य रिक्त छ ।

 परिषद सदस्य रहेका गृहमन्त्री वामदेव गौतमले समय अभावका कारण बाँकी संवैधानिक केन्द्रमा पदाधिकारी नियुक्ती गर्न नकिसको बताए । उनले प्रधानमन्त्री सुशील कोइराला संयसक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्केपछि यही असोज १९ गते बस्ने परिषदको बैठकले नियुक्ती गर्ने बताए  । परिषदले गरेको सिफरिसमा संसदीय सुनुवाई पछि राष्ट्रपतिबाट नियुक्ति हुनेछ ।


  •  
  •  
  •