नेयमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने

208
  •  
  •  
  •  

काठमाडौं, असार २१ – ब्राजिलका युवा स्ट्राइकर नेयमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।

ब्राजिलियन टिमका कोच लुइज फिलिपले नेयमारले विश्वकपका बाँकी खेल खेल्न नसक्ने बताए । नेयमारको उपचार गराइरहेको रोड्रिगो लस्मारले शल्य क्रिया गर्नु नपरे पनि मेरुदण्डमा देखिएको समस्या निको हुन केही दिन लाग्ने र सो अवधिभर हिँडडुलसमेत गर्न नहुने बताए । उनले केही सातामा नेयमारलाई निको हुने बताएका बीबीसीले जनाएको छ ।
जारी प्रतियोगितामा ४ गोल गरेका नेयमारले बाँकी खेल खेल्न नसक्ने भएपनछ ब्राजिलियन टिममा चिन्ता थपिएको छ । नेयमारले कोलम्बियाविरुद्धको पहिलो गोलका लागि थिएगो शिल्भालाई एसिस्ट गरेका थिए । सो खेल ब्राजिलले २–१ ले जितेको थियो ।

_76063033_435636b2-3aab-4b8c-bc7e-a77f7cd2f4bf _76063609_94780c28-5303-41da-ace5-f38719bec2ca _76063610_6427e66d-77a8-4365-a8f3-48110afc8b62 2399638_full-lnd


  •  
  •  
  •