रोनाल्डोलाई उचित दण्ड दिनुपर्छः नेयमार

170
  •  
  •  
  •  

ronaldo and neymarकाठमाडौ, १४ माघ(एजेन्सी) :  वर्ष खेलाडी २०१४ घोषित हुन सफल भएका क्रिस्टियानो रोनाल्डोले कही दिनअघि भएको खेलमा गरेको हातपातप्रति नेयमारले आक्रोश व्यक्त गरेका छन् । रोनाल्डोले गरेको निन्दनीय कामका लागि उचित दण्ड पाउनुपर्ने नेयमारले बताएका छन् ।

गत २५ जनवरीमा स्पेनिश ला लिगा प्रतियोगिताको एक खेल रियल म्याड्रिड र कोरबोडाबीच खेलिएको थियो । उक्त खेलमा म्याड्रिडले २-१ गोलअन्तरले कोरबोडालाई पराजित गरेको थियो ।

खेलका क्रममा रोनाल्डोले विपक्षी खेलाडीहरूसँग अभद्र व्यवहार गरेका थिए । उनले विपक्षी टोलीका दुई खेलाडीहरूमाथी हातपात गरेका थिए । म्याड्रिडका रोनाल्डोले दोस्रो टोलीको डिफेन्डर इडिमार फ्रेगासँग बहस सुरू भएको थियो । बहसकै क्रममा रिसाएका रोनाल्डोले फ्रेगालाई किक प्रहार गरेका थिए ।

यसैबीचमा उनीहरूको बहस शान्त पार्न आएका खेलाडी जोस क्रस्पोलाई समेत रोनाल्डोले थप्पड हानेका थिए । यसपछि मैदानको पुरै माहोल नै बिग्रिएको थियो । यसैबीच रेफ्रीले तुरून्त कारबाही गर्दै रोनाल्डोलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाए ।

यता यस घटनालाई लिएर नेयमार भने रूष्ट भएका छन् । ब्राजिलियन तथा बार्सिलोनाबाट खेलिरहेका चर्चित फुटबलर नेयमारले बीबीसीसँको कुराकानीमा यो गलत भएको बताएका छन् ।

उनले रोनाल्डोले उक्त हर्कतका लागि सजाय पाउनुपर्ने बताएका छन् । उनले स्पेनिश फुटबल प्राधिकरणबाट यो घटनामा रोनाल्डोलाई दण्डित गरिन्छ की गरिँदैन भनेर प्रश्न समेत गरेका थिए ।

यसघटनापछि रोनाल्डोले आफ्नो ट्वीटर अकाउन्टमार्फत सार्वजनिक रूपमा माफी समेत मागेका छन् ।


  •  
  •  
  •