बार्सिलोना छाडेपछि नेयमारले इन्स्टाग्रामबाट दिए विदाइ सन्देश

232
  •  
  •  
  •  

Neymar-
काठमाडौं, २० साउन (ओएनएस) : बार्सिलोनाबाट विदा भएका नेयमारले इन्स्टाग्राममा भावुक विदाई सन्देश दिएका छन् । उनी कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेन गएका छन् ।

कीर्तिमानी ट्रान्फरको घोषणा लगतै नेयमारले इन्टाग्राममा निकै लामो भिडियो सन्देश पोष्ट गरेका हु्न् । 

उनले आफ्ना बुबाले बार्सिलोना छाडोस् भन्ने नचाहेको भएपनि दोस्रो पटक बाबुको सहमतीबिना निर्णय लिएको बताएका छन् । ‘कुनै पनि खेलाडीलाई चुनौती चाहिन्छ’ उनले भनेका छन्, ‘बाबा, म तपाईको विचारको सम्मान गर्छु । तर, मैले निर्णय लिएँ र सदाझै सहयोगका लागि आग्रह गरेँ ।’

नेयमारले आफ्नो सन्देशमा मेस्सीको पनि प्रसंसा गरेका छन् । उनले भनेको छन्, ‘मलाई विश्वास छ, मेरो जीवनमा मैले उनी जस्तो मानिस अर्को देख्ने छैन । लिओ मैदान भित्र र बाहिर पनि मेरो साथी बने । उनीसँग खेल्न पाउनु मेरो लागि सम्मान थियो ।’

मेस्सी र स्वरेजसँग मिलेर कीर्तिमान बनाएको भन्दै उनले त्यो क्षण अवस्मरणीय भएको बताएका छन् ।
उनले आफूले बार्सिलोना र क्याटलानलाई माया गर्ने गरेको बताएका छन् ।

नेयमार अब पेरिस सेन्ट जर्मेन गइसकेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले कीर्तिमानी मूल्य २२० मिलियन युरोमा नेयमारलाई अनुवन्ध गरेको हो । यससँगै उनले अब बार्षिक ४५ मिलियन युरो कमाउनेछन् ।


  •  
  •  
  •