एण्ड्रोइड ५.० सहित गुगलले ल्यायो नेक्सस-६ र नेक्सस-९

123
  •  
  •  
  •  

nexus-6काठमाडौ, ३० असोज(एजेन्सी) : गुगलले नेक्सस सिरिजको आफ्नो नयाँ दुई स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले बुधबार४ राती नेक्सस-९ ट्याबलेट, नयाँ एण्ड्रोइड अपरेटिङ सिस्टम ललिपप र एण्ड्रोइड टिभीको साथमा काम गर्न सक्ने नेक्सस प्लेयर पनि सार्वजनिक गरेको छ ।

नेक्सस-६ गुगलले मोटोरोलासँग मिलेर बनाएको हो भने नेक्सस ट्याबलेट HTC सँग मिलेर बनाएको हो । नेक्ससको यी दुवै उत्पादनमा अपडेटेड भर्जनहरू सार्वजनिक गरिएको छ । नेक्सस-६ को मूल्य करिब ६४ हजार देखी ८० हजारसम्म हुन सक्ने अनुमान गरिएको छ ।

गुगलले ल्याएको नेक्सस-६ लाई आईफोन-६ र ग्यालेक्सी नोट-४ सँग प्रतिष्पर्धाकालागि तयार गरिएको बताइएको छ। ६ इन्च डिस्प्ले भएको यो स्मार्टफोन मात्र १५ मिनेटमा चार्ज हुन्छ र यसले ६ घण्टासम्म लगातार काम गर्न सक्छ । ३२२० mAh को ब्याट्री फुल चार्ज भए २४ घण्टासम्म कुरा गर्न सकिन्छ । नेक्ससको उत्पादनमा एण्ड्रोइड L (ललिपप) अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । राम्रो अडियोका लागि यस पटक गुगलले फोनको अगाडि दुईवटा स्पीकर समेत राखिदिएको छ ।

एण्ड्रोइड ५.० L अपरेटिङ सिस्टममा सबैभन्दा राम्रो फिचर यस्को लुक्स हो । यसलाई कम्पनीले ‘मटेरियल डिजाइन’को नाम दिएको छ । यसमा गुगल प्लेको बेसिक सेवादेखि ऐप्स, होम विण्डो र नोटोफिकेशन स्क्रिनसम्म सबै परिवर्तन गरिएको छ ।


  •  
  •  
  •