उद्घाटन खेलमा न्युजिल्याण्डद्धारा श्रीलंका पराजित

205
  •  
  •  
  •  

Sri Lanka v New Zealand - 2015 ICC Cricket World Cupकाठमाडौ, २ फागुन(ओएनएस) : न्युजिल्याण्ड र अष्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरेको ११ औ संस्करणको विश्वकप क्रिकेट २०१५ मा आयोजक न्युजिल्याण्डले विजयी सुरूवात गरेको छ । न्युजिल्याण्डले आज भएको पहिलो खेलमा श्रीलंकालाई पाखा लगाउँदै पहिलो जित दर्ता गरेको हो ।

न्युजिल्याण्डले श्रीलंकालाई पहिलो खेलमा ९८ रनले पराजित गरेको छ । ३ सय ३२ रनको विजय लक्ष्यका साथ मैदान उत्रिएको श्रीलंकाले ४६ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै मात्र २ सय ३३ रनमा समेटिएपछि खेलमा न्युजिल्याण्ड विजयी भएको हो । श्रीलंकालाई उक्त स्कोरमा पुर्याउनका लागि लहुरू थिरिमन्नेले सर्वाधिक ६५ रनको योगदान गरेका थिए । यस्तै, कप्तान एन्जेलो म्याथुजले ४६ रन, कुमार सांगाकाराले ३९ रन, तिलकरत्ने दिल्सनले २४ रन बनाएका थिए भने अन्य ब्याटस्म्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

श्रीलंकालाई उक्त स्कोरमा रोक्ने क्रममा डेनियल भीटोरी, ट्रेन्ट बोल्ट, टिम साउथी र एडम मिल्नेले समान २-२ विकेट लिएका थिए । यस्तै, कोरे एण्डरसनले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा आफ्ना ६ विकेट गुमाउँदै ३ सय ३१ रन जोड्न सफल भएको थियो । न्युजिल्याण्डका लागि कोरे एण्डरसनले आक्रामक ७५ रन, ब्राडम म्याकुलमले ६५ रन, केन विलियम्सनले ६५ रन, ल्युक रोन्ची र ग्रान्ट इलियटले समान २९-२९ रन जोडेका थिए । यता श्रीलंकाका सारंगा लकमल र जीवन मेण्डिसले समान २-२ विकेट लिएका थिए । यस्तै, रंगना हेराथ, नुवान कुलसेकराले समान १-१ विकेट लिएका थिए ।

यस्, अहिले अष्ट्रेलिया र इङल्याण्डबीच पनि प्रतिष्पर्धा भइरहेको छ । टस हारेर अष्ट्रेलियाले ब्याटिङ गरिरहेको छ ।


  •  
  •  
  •