म्याकुलम र गुप्टिलको शानदार प्रदर्शनमा न्युजिल्याण्ड विजयी

211
  •  
  •  
  •  

during the first One Day International match between New Zealand and Sri Lanka at Hagley Oval on December 26, 2015 in Christchurch, New Zealand.
during the first One Day International match between New Zealand and Sri Lanka at Hagley Oval on December 26, 2015 in Christchurch, New Zealand.

काठमाडौँ, ११ पुस(ओएनएस) : श्रीलंकाविरूद्धको पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा न्युजिल्याण्डले शानदार विजय हासिल गरेको छ । आज भएको खेलमा मार्टिन गुप्टिल र ब्राण्डन म्याकुलमले शानदार प्रदर्शन गरेपछि श्रीलंका ७ विकेटले पराजित भएको हो ।

१ सय ८९ रनको विजय लक्ष्य पछ्याएको न्युजिल्याण्डले मात्र २१ ओभर खेल्दै आफ्ना ३ विकेट गुमाएर उक्त लक्ष्य हासिल गरेको थियो । न्युजिल्याण्डलाई शानदार जित दिलाउनका लागि गुप्टिलले मात्र ५६ बलमा ७९ रन र म्याकुलमले मात्र २५ बलमा ५५ रन जोडेका थिए । यस्तै, हेनरी निकोल्सले २३ रन र टम लाथमले १८ रन जोडेका थिए ।

श्रीलंकाका लागि मिलिन्दा श्रीवर्दनाले २ विकेट लिएका थिए भने तिलकरत्ने दिल्सनले १ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङ थालेको श्रीलंकाले ४७ ओभर खेल्दै आफ्ना सबै विकेट गुमाउँदा मात्र १ सय ८८ रन जोड्न सफल रह्यो । उसका लागि मिलिन्दा श्रीवर्दनाले सर्वाधिक ६६ रन जोडेका थिए भने नुवान कुलसेकराले ५८ रन जोडका थिए । यी दुई ब्याटस्म्यानबाहेक दुस्मन्थ चामिराले १३ रन जोडेका थिए भने अन्य कुनै पनि ब्याटस्म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

श्रीलंकालाई उक्त स्कोरमा समेट्नका लागि म्याट हेनरीले ४ विकेट लिएका थिए । यस्तै, डग ब्रेसवेलले ३ विकेट, मिचेल म्याकक्लेनघनले २ र एडम मिल्नेले १ विकेट लिएका थिए ।

खेलको म्यान अफ दि म्याच म्याट हेनरी घोषित भएका छन् ।


  •  
  •  
  •