वेष्ट इण्डिजसामू ३ सय ९४ रनको विशाल विजय लक्ष्य

251
  •  
  •  
  •  

marti guptilकाठमाडौ, ७ चैत(ओएनएस) : विश्वकप अन्तरगत आज भइरहेको अन्तिम क्वाटरफाइनल खेलमा न्युजिल्याण्डले पहिले ब्याटिङ गर्दै वेष्ट इण्डिजलाई ३ सय ९४ रनको विशाल विजय लक्ष्य प्रस्तुत गरेको छ । वेलिङ्टनमा वेष्ट प्याक स्टेडियममा भएको खेलमा मार्टिन गुप्टिलले २ सय ३७ रनको उत्कृष्ट पारी खेलेपछि न्यिल्याण्डले निर्धारित ५० ओभरमा ६ वेकट गुमाएर ३ सय ९३ रन जोड्न सफल भयो ।

गुप्टिलले १ सय ६३ बलको सामना गर्दै २४ चौका र ११ छक्काको मद्धतले २ सय ३७ रन जोडेका हुन् । यस्तै, रसद टेलरले ४२ रन, केन विलियमसनले ३३ रन, ग्रान्ट इलियटले २७ रन जोडेका थिए । यता वेष्ट इण्डिजका तर्फबाट जेरोम टेलरले ३ विकेट लिए भने आन्द्रे रसेलले २ विकेट लिए ।

वेष्ट इण्डिजले केहीबेरमा ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •