न्युजिल्याण्डको खराब प्रदर्शन, अष्ट्रेलियासामू १ सय ८४ रनको विजय लक्ष्य

154
  •  
  •  
  •  

काठमाडौ, १५ चैत(ओएनएस) : विश्वकप क्रिकेटको अन्तिम दिन अर्थात् फाइनल खेलमा न्युजिल्याण्डले अष्ट्रेलियासामू पाँचौ पटक उपाधी हासिल गर्नका लागि १ सय ८४ रनको झिनो चुनौती पेश गरेको छ । मेलवर्न क्रिकेट ग्राउण्डमा भएको खेलमा टस जितेर ब्याटिङ थालेको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ३० बल बाँकी रहँदै आफ्ना सबै विकेट गुमाएर १ सय ८३ रन जोडेपछि अष्ट्रेलियाले उपाधीका लागि १ सय  ८४ रनको झीनो विजय लक्ष्य पाएको हो ।

खराब सुरूवात गरेको न्युजिल्याण्डले मात्र ३३ रन जोड्दा आफ्ना दुई प्रारम्भीक ब्याटस्म्यानलाई गुमाएको थियो । कप्तान ब्राण्डन म्याकुलम शुन्यमा नै आउट भएका थिए ।

न्युजिल्याण्डको इनिङलाई ग्राण्ट इलियट र रस टेलरले केही सम्हालेपनि अन्य ब्याटस्म्यान क्रिजमा लामो समय टिक्न नसक्दा न्युजिल्याण्ड सस्तैमा समेटिएको हो । ४० रन बनाएका रस टेलरसँग १ सय ११ रनको साझेदारी गरेका ग्राण्ड इलियट ८३ रनको उत्कृष्ट पारी खेल्दै पेभेलियन फर्किएका थिए । पावरप्लेको ५ ओभरमा मात्र १५ रन जोड्दा ३ विकेट गुमाएपछि अष्ट्रेलियाले खेलमा आफ्नो प्रभूत्व कायम गरेको थियो । न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले १५ रन र केन विलियम्सनले १२ रन जोड्नुबाहेक अन्य ब्याटस्म्यानले दोहोरो अंक समेत जोड्न सकेनन् ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्ने क्रममा जेम्स फल्कनरले ब्याटिङ पावरप्लेको पहिलो ओभरमा २ विकेट र ८३ रन बनाएका इलियटको विकेट लिँदै आफ्नो खातामा ३ विकेट पुर्याए भने मिचेल जोनसनले पनि ३ विकेट लिएका थिए । यस्तै मिचेल स्टार्कले समान २-२ विकेट र म्याक्सवेलले १ विकेट हात पारेका थिए ।

अष्ट्रेलियाले उपाधीका रक्षाका लागि केहीबेरमा ब्याटिङ थाल्नेछ ।


  •  
  •  
  •