अाज दिउँसाे मन्त्रिपरिषद्काे बैठक बस्दै

254
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : विभिन्न महत्वपुर्ण निर्णय गर्नकाे लागि मन्त्रिपरिषद्को बैठक अाज दिउँसाे बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र संसद अधिवेशन अन्त्य लगायतका विषयमा निर्णय गर्नकाे लागि बैठक बस्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ।

बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गर्ने कामहरुका बारेमा निर्णय गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यसैगरी दुई अध्यादेश पारित भएसँगै संसद विजनेसविहीन हुने भएकाले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बारेमा पनि निर्णय गर्ने भएको छ ।

बैठक विहान एघार बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।


  •  
  •  
  •