पौडी खेल्न गएका तीनजनालाई त्रिशुलीले बगायो

172
  •  
  •  
  •  

काठमाडौं, १५ कात्तिक (ओएनएस) : पौडी खेल्ने क्रममा धादिङस्थित त्रिशुली नदीले तीन जना युवालाई बगाएको छ । साथीहरुसँग पौडी खेल्न पसेकामध्ये तीनजना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।

वेपत्ता हुनेहरुमा नलुप राई, रेमन्त थापा र सुलभ गुरुङ रहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । बेपत्ता हुने तीनैजना ललितपुर नख्खीपोटका यूवाहरु रहेको छन् ।
उनीहरु धादिङको वेनिघाट गाविस–१ मलेखु नजिकै पिकनिक खान गएका थिए ।  पौडी खेल्न नदीमा पसेको बेलामा नदीले बगाएको हो

वेपत्ता भएका युवाहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ ।


  •  
  •  
  •