प्रक्रियामा गए संविधान सभाबाट बाहिरिने चेतावनी

128
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) : एमाओवादी सचिव बर्षमान पुनले सहमति छाडेर बहुमतको आडमा प्रक्रियाबाट संविधान जारी गर्न खोजे आफूहरु संविधानसभा छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिए । बुधवार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा पुनले प्रक्रियामा जाने अवस्थामा आफूहरुको लागि संविधानसभा सहायक हुने उल्लेख गर्दै पुनले त्यस्तो अवस्थामा सडक प्रधान हुनेब बताए । ‘हामीलाई पनि ३५ लाख जनताले भोट दिएका छन । यसको अपमान सहिदैन, उनले भने ।

संघीयतामा एमाले र काग्रेस लचिलो भए शासकीय स्वरुपमा आफूहरु लचिलो हुन तयार रहेको स्पष्ट पार्दै शासकीय स्वरुप, राज्यको पुर्नसंरचना, न्यायप्रणाली र निर्वाचन प्रणालीमा सहमति हुनै पर्ने बताए । ‘अन्य विषयमा प्रक्रियाबाट जान हामी तयार छौं, उनले भने ।

मुलुकको ट्रयाक विहीन रहेको राजनीतिलाई सहमतिले नै ट्रयाकमा ल्याएको भन्दै संविधानसभाका निर्वाचन पछि सहमतिको राजनीतिको मर्म विपरित बहुमतको आधारमा राजनीति गर्न खाजेकोले कुरा विग्रिएको दावी गरे । पुनले बहुमतको आधारमा अघि बढ्न खोजे आफुहरुलाई कुनै पनि हालतमा स्विकार्य नहुने समेत जिकिर गरे ।


  •  
  •  
  •