विवादको समाधान क्षणिक होइन स्थायी खोजौँ : पराजुली

104
  •  
  •  
  •  

काठमाडौं, ३१ असोज (ओएनएस):  कुनै पनि द्वन्द्व समाधानमा दुवै पक्षको जित हुने गरिको समाधान नखोज्दा द्वन्द्वको स्थायी समाधान हुन नसकेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

जल, जंगल र जमिनको बिषयलाई लिएर स्थानीय स्तरमा हुने गरेको बिभिन्न द्वन्द्वहरुलाई नया ढंगले समाधान गर्दै एक आपसमा आत्मीयता कायम गराउन सफल भएको संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । प्राकृति स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले दशकौँ देखि खोला, वन र बिभिन्न जमिनमा उपभोग गर्ने बिषय गाउँ गाउँ र समुह समुहको वीचमा भइरहेका झगडालाई ब्यवहारिक रुपमा समाधान गर्दै आएको छ ।

कार्यक्रममा कृषि मन्त्री हरिप्रसाद पराजुलीले ग्रामिण स्तर देखि राष्ट्रिय स्तरसम्मका द्वन्द्वहरु समाधानमा तत्कालीन भन्दा दिर्घकालीन समाधान हुने गरि प्रक्रिया अपनाउनु पर्ने बताए ।
यस संस्थाले द्वन्द्वरत दुवै पक्षका प्रतिनिधिहरुको सहभागितामा महिनौ लगाएर प्रकृयागत रुपमा गरेको समाधानले समाजलाई एकताबद्ध बनाएको भन्दै मन्त्री पराजुलीले संस्थाको कामको प्रसंसा गरेका थिए ।

ग्रामिण भेगमा हुने जल, जंगल र जमिनका बिषयमा स्थानीय स्तरका बिभिन्न समुहहरुको वीचमा हुने झै झगडा मिलाउदा राज्य तहबाट हुने फैसलाले एक पक्ष सँधै असन्तुष्ट हुने र उसले प्रतिसोध साँधेर बस्दा द्धन्द फेरी बल्जिने गरेका कारण द्वन्द्व समाधानको लागि नयाँ प्रकृया अपनाईएको संस्थाका कार्यकारी निर्देशक चुपवहादुर थापाले बताए । दुवै पक्षको वीचमा सहजिकरण गरेर वार्तामा राखे देखि दुवै पक्षको वीचमा सहमति पत्रमा हस्ताक्षर गरेर कार्यान्वयन गर्दा सम्म निरन्तर रुपमा यस संस्थाले सहजिकरण गर्ने गरेको छ ।

कार्यकारी निर्देशक थापाले द्वन्द्व समाधानको लागि आफूहरुले नयाँ प्रयोगले दशौँ देखिका द्वन्द्व सँधैको लागि अन्त्य गरेको बिभिन्न उदाहरणहरु पेश गरे । संस्थाले हालसम्म ३२ वटा द्वन्द्वलाई दुवैको जित हुनेगरि समाधान गरिसके जानकारी दिँदै निर्देश थापाले भने “ पानी, जंगल र भुमिको बिषयलाई लिएर ब्यक्ति ब्यक्ति होइन गाउँ – गाउँ र समुह समुहको वीचमा एक आपसमा हिंसात्मक रुपमा ठूल्ठूला घटना समेत भएका थिए जुन हाम्रो प्रकृयाले गर्दा समाधान मात्र भएनन् सँधैको लागि आत्मियता कायम भएको छ । ”

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनील कुमार ठाकुर र भक्तपुरका जिल्ला वन अधिकृत सुर्यकान्त सिक्देलले यस संस्थाले गरेका द्धन्द समाधानको कामलाई नजिक बाट नियालेको भन्दै प्रशासनिक भन्दा पनि यस्ता प्रयासहरु स्थायि हुने अनुभव सुनाए ।

अन्र्तराष्ट्रिय शान्ति निर्माण प्रकृयाका प्राध्यापक जोन पलले स्थानीय स्तरमा भएका द्वन्द्व समाधानका तथ्यांकले आफूलाई खुसि लागेको बताए । बिश्वमा द्वन्द्व समाधानको लागि भएका बिभिन्न प्रकृयाका बारेमाा जानकारी दिँदै प्राध्यापक पलले द्वन्द्वरत दुवै पक्षको जीत हुने गरि समाधान गर्न खोज्दा नै देश र समाजमा बास्तविक शान्ति स्थापना हुने भन्दै यसमा नेपाल सफल हुदै आएको बताए । द म्याकनल फाउण्डेसनका अन्तराष्ट्रिय निर्देशक जेशिका रोहनले द्धन्द समाधानमा अपनाउन सकिने प्रकृयाको बारेमा जानकारी गराएकी थिइन् ।

कार्यक्रममा वन, भुमि र पानी सँग सम्बन्धित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले यस क्षेत्रमा परापूर्वकाल देखि हुने गरेको द्वन्द्व र त्यसले पारेको प्रभावको बारेमा बिभिन्न अनुभव सुनाएका थिए ।


  •  
  •  
  •