आन्दोलनको घोषणा सहमतिको राजनीति विथोल्ने षडयन्त्र : केसी

117
  •  
  •  
  •  

काठमाडौ, २२ असोज (ओएनएस) : नेपाली काग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमाओवादीसहित २२ दलीय मोर्चाले आन्दोलनको घोषणा गरेर सहमतिको राजनीति विथोल्ने षडयन्त्र गरेको दावी गरेका छन ।

रिपोर्टर्स क्लबले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले अन्तिम समयसम्म पनि सहमतिको लागि प्रयत्न गर्न आफूहरु प्रतिबद्ध रहेको स्पष्ट पार्दै सहमति हुनै नसके प्रक्रियामा गएर संविधान जारी गर्नुको विकल्प नरहेको ठोकुवा गरे ।

‘हामी सहमतिबाट थाकेका छैनौं केसीले भने,‘ अन्तिम समयसम्म पनि विवादित विषयहरुमा सहमतिकै लागि प्रयास गर्ने हो तर हुँदै भएन भने प्रक्रियामा जानै पर्छ ।’

राज्य पुर्नसंरचनाको नाममा एकल जातीय पहिचान सहितको संघीयता आफुहरुलाई कुनै पनि हालतमा स्विकार्य नहुने भन्दै सबैको अपनत्व हुने खालको संघीयता बनाउनु पर्नेमा उनले जोड दिए ।
केसीले जनसंख्याको आधारमा संघीयता बनाउने भए पहाडमा ५ र तराईमा ४ प्रदेश गरी नौ प्रदेश बनाउने वा विकास क्षेत्रलाई आधार मानेर उत्तर–दक्षिण खुल्ला राखेर पाँच प्रदेश बनाउन पनि आफुहरु तयार रहेको भन्दै अन्यथा कांग्रेसको बटमलाईन सात प्रदेश भएको स्पष्ट पारे ।

केन्द्रमा त एउटा संसद भवन बनाउन नसकेर भाडा लिनु पर्ने अवस्थामा धेरै संघीयता बनाएर संरचना निर्माण गर्न नसकिने भन्दै धेरै संघीयता बनाएर मुलुकलाई ठूलो आर्थिक भार पर्ने बताए । उनले शासकीय स्वरुपमा संसदबाट निर्वाचित प्रधानमन्त्रीय पद्धतिलाई पक्रियामा काँग्रेस–एमाले, एमाओवादी र मधेशवादी दलहरुको वीचमा सहमती भएको बतएका छन् ।
स्थीर बनाउन एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने र बैकल्पिक प्रधानमन्त्री खडा गरेर मात्र प्रस्ताव ल्याउन सक्ने ब्यवस्था गर्न समेत आफुहरु तयार रहेको बताए ।


  •  
  •  
  •