नेकपा–माओवादीद्वारा राजनीतिक सभामा भाग नलिने घोषणा

61
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौ (ओएनएस) : सरकारले आफ्नो मागलाई सम्मानजनक रुपमा नलिएको आरोप लगाउँदै नेकपा–माओवादीसहितका ३३ दलीय मोर्चाले राजनीतिक सभामा सहभागी नहुने निर्णय गरेका छन् ।

राजनीतिक सम्मेलन एजेण्डा विहीन भएको र त्यसबाट कुनै निकास निस्कने संभावना नरहेको भन्दै माओवादी नेतृत्वको मोर्चाले सम्मेलनमा भाग नदिने निर्णय गरेको माओवादी उपाध्यक्ष सिपी गजुरेलले जानकारी दिए । सरकार, कांग्रेस र एमालेले सम्मेलन सार्थक हुन नदिएको आरोप लगाउँदै कनै निकास ननिस्कने सम्मेलनको कुनै अर्थ नहुने उपाध्यक्ष गजुरेलले बताए ।

माओवादीले पहिला राष्ट्रिय हितका विषयमा छलफल गर्नुपर्ने र त्यसपछिमात्र संविधावनका अन्र्तवस्तुमा सहमति गर्नुपर्ने मागसमेत गरेको छ । माओवादीले यस्तो निर्णयसँगै निकै महत्वका साथ हेरिएको राजनीतिक सम्मेलन अन्यौलमा परेको छ ।

यसअघि सर्वपक्षीय सम्मेलनको एजेण्डा तय गर्न मंगलवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा नेकपा–माओवादीले सरकारले आफ्नो मागलाई सम्मानजनक रुपमा नलिएकोलगायतका आरोप लगाउँदै आफ्नो मोर्चामा रहेका दलसँग छलफल गरेरमात्र सम्मेलनमा भाग लिने नलिने विषयमा निर्णय गर्ने बताएको थियो । लगत्तै माओवादीले पदाधिकारी बैठकले सम्मेलनमा माग नदिने निर्णय गरेको हो ।


  •  
  •  
  •