‘कांग्रेस–एमालेवीच संघीयता र शासकीय स्वरुपमा सहमति’

122
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस) : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आन्दोलनको नाममा एमाओवादीसहितका दलहरु सहमतिबाट भाग्न खोजेको आरोप लगाएका छन् ।

बुधवार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रम उपाध्यक्ष रावलले चार बुँदे सहमति कार्यान्वयन गर्दा पनि आफैलाई संयोजक चाहिने भनेर प्रचण्डले लिएको अडान आफूहरुले बुझ्न नसकेको भन्दै यसले सहमतिलाई अझै विथोल्ने ठोकुवा गरे ।

समावेशिता र समानुपातिकताको नाममा जातीय राज्य बनाएर द्धन्द भित्राउन कुनै पनि हालतमा दिन नहुने भन्दै देश मान्दिन टुक्राउनु पर्छ भनेर बोल्नेहरुकोे समर्थनमा संसदमा बोल्न पाउने यो कस्तो लोकतन्त्र हो भनि रावल प्रश्न गरे ।

पहिलो संविधानसभाको बेला ११ प्रदेश आफूहरुले स्विकार गरेको तर एमाओवादीसहितका दलहरु किन सहमतिबाट पछि हटे आफूहरुले थाहाँ पाउन नसकेको उल्लेख गर्दै एमाओवादीले शासकीय स्वरुपमा हामी लचिलो हुन्छौ राज्य पुर्नसंरचनमा तपाईहरु लचिलो हुन्छौ भन्ने हो भने हामीहरु पनि राज्य पुर्नसरंचनमा तपाईहरु लचिलो हुनुस, शासकीय स्वरुपमा हामी लचिलो हुन्छौ भनेर किन नभन्ने भनि प्रश्न गरे । उनले भने–हामी शासकीय स्वरुपमा लचिलो हुन्छौं, एमाओवादीहरु संघियतामा लचिलो हुनुप¥यो ।

माघ ८ गतेभित्रै संविधान जारी गर्ने शर्तमा एमाले शासकीय स्वरुपमा संसदमा बाट निर्वाचित प्रधानमन्त्री प्रणाली स्विकार्न पनि एमाले तयार रहेको स्पष्ट पारेका छन् । संविधान ल्याउने सर्तमा आफूहरु संसदवाट निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुप स्विकार्न तयार रहेको स्पष्ट पार्दै अन्तिम समयसम्मको प्रयासमा पनि सहमति नभए प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने एमालेको बटमलाईन भएको बताए । रावलले नेकपा एमालेको संघियतामा ७ प्रदेश बटमलाईन भएको बताएका छन् ।


  •  
  •  
  •