यौन शोषण आरोपपछि भारतीय मन्त्रीको राजीनामा, छानविनका लागि समिति बनाउने तयारी

592
  •  
  •  
  •  

काठमाडौं, १ कार्तिक (एजेन्सी) : भारतमा महिला हिंसाविरुद्धको ‘मी टु’ अभियान चलिरहेका बेला बलिउडमा मच्चाएकाे सनसनीले अन्य पीडितहरु पनि विगतमा अाफुसँग भएकाे याैन दुर्व्यवहारकाे खुलेर बाेल्न थालेका छन्। यसै क्रममा भारतका विदेश राज्यमन्त्री एमजे अकबरलाई पनि ‘हिंस्रक व्यवहार’ गरेको आरोप लागेको छ  ।

यौन उत्पीडनको आरोप सामना गरिरहेका भारतीय विदेशराज्यमन्त्री अकबरले अन्तत: पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध एकै साथ १६ महिलाले यौन उत्पीडनको आरोप लगाएपछि विदेशराज्यमन्त्री अकबरले अन्तत: पदबाट राजीनामा दिन बाध्य भएका हुन् ।

ती महिला उनीविरूद्ध गत बिहीबार पटियाला हाउस कोर्टमा बयान दिन तयार भएका थिए । अकबरमाथि एक सातादेखि राजीनामाको दबाव थियो । यसबीच, ‘मी टुु अभियानमार्फत् सार्वजनिक भइरहेका मामिलाको जाँचका लागि नरेन्द्र मोदी सरकारले समिति बनाउने तयारी गरेको छ । मोदी सरकारले मन्त्रीहरूकै एक जाँच समूह बनाउन लागेको हो ।

राजीनामा दिने क्रममा वक्तव्य जारी गर्दै अकबरले न्यायका लागि अदालत जाने बताएका छन् । आफूले न्यायका लागि अदालत जानका लागि पदबाट बाहिरिन उचित ठानेको अकबरको भनाइ छ । उनले न्यायका लागि झुठो आरोपविरूद्ध लड्ने जिकिर अकबरले गरेका छन् ।


  •  
  •  
  •