नवनियुक्त राजपा अध्यक्ष मण्डलका संयोजकले भने- ‘सरकारमा जाने कुनै सम्भावना छैन’

586
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर (ओएनएस) : राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने कुनै सम्भावना नरहेको बताएकाे छ। नवनियुक्त राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले भने-‘ अहिले सरकारमा जाने पार्टीको कुनै सोच छैन्।’

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उक्त कुरा बताएका हुन्। उनले राजपा सरकारमा जाने भन्ने विषयकाे विभिन्न संचारमाध्याममा आएका समाचारमा सत्यता नरहेको दावी समेत गरे ।

संयोजक महतोले आफूलाई संयोजक बनाएपछि पार्टी अध्यक्ष मण्डलको बैठक बस्न नसकेको भन्ने समाचारको पनि खण्डन गरे । महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णयप्रति असहमति जनाउँदै नेता अनिल झा नआएपछि आज बोलाइएको अध्यक्ष मण्डलको बैठक समेत बस्न सकेन । तर संयोजक महताेले भने पार्टी भित्र कुनै विवाद नरहेको दावी गरे ।

संयोजक महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने र नलिने भन्ने विषय पार्टीले छिट्टै छलफल गरेर टुंगो लगाउने पनि स्पष्ट पारे ।


  •  
  •  
  •