चिनियाँ रकेटको परीक्षण असफल

740
  •  
  •  
  •  

काठमाडौं,११ कार्तिक (एजेन्सी) : चिनियाँ निजी कम्पनीको आफ्नै रकेटको परीक्षण असफल भएकाे छ। उक्त कम्पनीको रकेट अन्तरिक्षमा पठाउने पहिलो प्रयास असफल भएको हाे ।

जेब्यु–१ नाम दिइएको सो रकेट तीन महत्वपूर्ण चरणमध्ये अन्तिम चरणमा असफल देखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। शनिबार चिनियाँ कम्पनी ल्याण्डस्केपले अन्तरिक्षका लागि आफ्नो रकेट प्रक्षेपण गरेको हो । यो रकेट चिनियाँ कम्पनीले निर्माण गरेको पहिलो ३ चरणको रकेट हो ।

चिनियाँ सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको भिडियोमा १९ मिटर लामो रोतो र सेतो मिसिएको रकेट प्रक्षेपण गरिएको थियो ।


  •  
  •  
  •