नयाँ शक्तिका नेता लट्री धन्दामा

135
  •  
  •  
  •  

काठमाडौं ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद सदस्य ओखलढुंगा दियालेका अशोककुमार थापा अन्तर्राष्ट्रिय ‘लट्री’ धन्दामा लागेको पाइएको छ ।

पाँच लाख पाउन्ड पाउने आसामा सात लाख २५ हजार गुमाएको पोखराकी पोखराकी एक महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान व्यारेामा उजुरी दिएपछि अनुसन्धान गर्दा थापाको संलग्नता पुष्टि भएको छ ।

ती महिलालाई बधाई छ सन् २०१६ को पेप्सी मोबाइल ड्र युकेमार्फत तपाईंको मोबाइल नम्बरलाई पाँच लाख पाउन्ड चिठ्ठा पर्‍यो भन्ने सन्देश आएको थियो ।

सन्देशसँगै इमेल ठेगाना पठाएर पूर्ण जानतकारी पठाउनसमेत सुझाव दिइएको थियो । पटकपटक म्यासेज र फोन आएपछि ती महिलाले उत्साहित हुँदै पैसा पठाउने माध्यम खोजिन् । तर नेपालमा चिठ्टावापतको पैसा पठाउन वकिल खर्च लाग्ने र हुन्डीमार्फत पैसा पठाउन भनियो ।

महिलाले विश्वास नगरेपछि बैंकिङ च्यान प्रयोग गरेर पैसा पठाउने अडान लिएकी थिइन । त्यसपछि महिलाले एसबीआई बैंकको अशोककुमार थापाको नाममा पटक पटक गरी सात लाख २५ हजार रुपैया जम्म गरेकी थिइन् ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •