सुदूरपश्चिम प्रदेशमा नयाँ मन्त्री नियुक्त!

51
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक (अाेएनएस) : सुदूरपश्चिम प्रदेशमा सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीकाे मन्त्री पद खाेसिए लगत्तै उनकाे ठाउँमा प्रदेश सरकारले नयाँ मन्त्री नियुक्त गरेकाे छ।  प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सांसद कृष्णराज सुवेदीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन्।  सुवेदी मन्त्रीमा नियुक्त भगत्तै उनलाई मुख्यमन्त्री भट्टले सपथ ग्रहण गराएका छन् ।

मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा भट्टले सुवेदीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । आजै भट्टले पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहेका सोडारीलाई बर्खास्त गरेका थिए ।

सोडारीलाई बर्खास्त गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पदीय मर्यादा विपरित गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिए । पार्टीको निर्देशन अनुसार नै उनी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ ।

प्राप्त जानकारी अनुसार उक्त प्रदेशका इन्चार्ज भीम रावलको सिफारिसमा मुख्यमन्त्री भट्टले उनलाई पदबाट हटाएको छ। बर्खास्तीमा पर्ने सोडारी दोस्रो बन्त्री बनेका छन् । यसअघि प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पनि यस्तै रवैयाका कारण बर्खास्तीमा परेका थिए ।


  •  
  •  
  •