नेकपा सचिवालय वैठक जारी, यस्ता मूख्य एजेण्डामा हुँदैछ छलफल

628
  •  
  •  
  •  

काठमाडौं, ८ कार्तिक (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेकाे छ। वैठकले पार्टी राजनीतिका लागि विशेष निर्णयहरु गर्नकाे लागि बृहत रुपमा छलफल चलिरहेकाे नेताहरुले बताएका छन् ।

सचिवालयका ती नेताका अनुसार आजको बैठकले केहि मुद्दामा महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको छ । त्यस्तै बैठकमा प्रचण्डको शुक्रबार दिल्ली जाने कार्यक्रमबारे पनि छलफल भइरहेकाे छ।

यसअघि गत आइतबार र सोमबार बसेको सचिवालय बैठक कुनै एजेण्डामा प्रवेश गर्न सकेको थिएन । ती बैठक नेताहरुले असन्तुष्टि पोख्दैमा बितेको थियो ।

पार्टी एकताको पाँच महिना वितिसक्दा पनि प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकीकरणले पूर्णता नपाउँदा कार्यकर्तामा अन्योलता बढेको छ ।

नेकपाले केन्द्रीय विभागहरु, पोलिटव्यूरो र अन्य कमिटीहरु पनि गठन गरेको छैन । वैठकले तल्ला तहका संगठनको एकीकरण, सरकारका काम कार्वाहीको गम्भिर समीक्षा गर्दै स्थायी कमिटी बैठकका एजेण्डा तयलगायतका विषयमा छलफल केन्द्रीत रहेको सचिवालयका एक सदस्यले बताए ।

यस्तै बुधबार ३ बजेका लागि बस्ने भनिएको बैठक पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकोे कार्यव्यस्तको कारण देखाउँदै आजसम्मको लागि स्थगित भएको थियो ।


  •  
  •  
  •