नेकपाकाे सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

788
  •  
  •  
  •  

काठमाडौं, ४ कार्तिक (ओएनएस) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेकाे छ।

बैठकमा पार्टीका विभिन्न निकायको एकता, सरकारको कामकार्वाही प्रभावकारी बनाउने विषय र बरिष्ठ नेता माधव नेपालले पेश गरेको असहमति पत्र लगायतका विषयमा छलफल भइरहेकाे छ।

बैठकमा सहभागि एक सचिवालय सदस्यका अनुसार पछिल्लाे समय पार्टी भित्र देखिएका असन्तुष्टिका विषयमा गम्भीर रुपमा छलफल भइरहेकाे छ।

आज र भोलिका लागि तय गरिएको केन्द्रीय सचिवालयको बैठक भोलि बस्ने वा नभन्ने भन्ने टुङ्गो पनि आजको बैठकले लगाउने छ।


  •  
  •  
  •