काठमाडौं, १३ कात्तिक (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पतालले मंगलबार दिउँसाेदेखि प्रतिबन्ध लगाएको छ । छातीमा संक्रमण भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई भेट्न अस्पतालले सुचना जारी गर्दै प्रतिबन्ध लगाएको हाे।
अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई भेट्न तथा उहाँको स्वास्थ्य लाभको कामना गर्न चाहने शुभचिन्तकहरुको आकांक्षालाई अस्पतालले आत्मासात गरेपनि अस्पतालको पहिलो दायित्व प्रधानमन्त्रीको स्वास्थ्यलाभ गराउनु पर्ने भएकाले चिकित्सकको सुझाव अनुसारनै भेटघाटलाई प्रतिबन्ध गरिएको जरी गरिएकाे सूचनामा उल्लेख छ ।
प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान साढे चारबजे महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीकाे डा. अरुण सायमीकाे संयाेजकत्वमा डा. दिब्या सिंह शाह तथा डा. सन्त कुमार दास सम्मिलित समूहले उपचार गरिरहेकाे छ। उपचारमा संलग्न चिकित्सकले सुगरको मात्रा बढेपनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताएका छन् ।